पार्किङ गरेर राखेको बसमा अज्ञात समूहद्वारा आगजनी

दाङ- तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समुहले गएराति आगजनी गरेको छ ।

घोराही-तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथी आगजनी भएको हो ।

रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिनुभयो ।

प्रहरी राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.