आजका एघार तस्वीर

आफुले उद्वार गरेको सर्प देखाउँदै पोखरा महानगरपालिका–६ जरेवर निवासी ११ वर्षिया बालिका डेजी भण्डारी । आफ्ना बाबाले उद्वार गरि ल्याएका सर्पलाई घाउ चोट लागेमा औषधि गर्ने र बाबासँगै बिगत एक बर्षदेखि सर्प उद्वार पनि गर्दछिन् ।
व्यास नगरपालिका–११ रामथुम्की निवासी मित्रबहादुर दुराले बाँसको मात्रै प्रयोग गरेर निर्माण गर्नुभएको बेम्बो कटेज । पछिल्लो समय बेम्बो कटेज आन्तरिक पर्यटकका लागि गन्तव्यस्थल बन्दै गएको छ ।
लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आएका आन्तरिक पर्यटक । सरकारले निषेधाज्ञा खुकुलो पारेपछि पर्यटक होटलमा आउन थाले पनि कोरोनाको त्रास भने हट्न सकेको छैन् ।
महानगरपालिकाले अस्थायी घरटहरा साथै बसपार्क हटाएपछि खुला देखिएको खुल्लामञ्च ।
नेपाल विद्युत् प्राधिकरणको भवनबाट देखिएकोे धरहरा ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र रहेको वडा नं ३ मा पर्ने मौवाफाँटको ड्रोन क्यामेराबाट लिइएको दृश्य । यहाँ धान खेती प्रमुख खाद्यबालीका रुपमा हुने गरेको छ ।
असार १ को बाढीले क्षति पु¥याएको मेलम्ची बजारस्थित ईन्द्रावती र पाँचपोखरी जोड्ने पक्की पुल ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ मा अवस्थित पर्यटकीयस्थल सिद्धिडाँडा पोखरी ।
डोटीको शिखर नगरपालिका बारपाटा र गोपघाट जोड्न निर्माण गरिएको डोटी जिल्लाकै सबै भन्दा ठूलो झोलुङ्गे पुल । उक्त पुलको लम्बाइ चार सय मिटर रहेको छ ।
डोटीको केआइसिंह गाउँपालिकाको प्रमुख व्यापारी केन्द्र वायल बजार ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.