मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्रीको सक्रियता

प्रधानमन्त्री देउवाद्वारा दाहाल र यादवसँग छलफल

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबो सक्रियता लिनुभएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवबीच सरकार गठन लगायत सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको गर्नुभएको प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिनुभयो ।

शीर्ष नेताहरुको बैठकमा सत्ता सञ्चालनका लागि गठित कार्यदलका संयोजक पुर्णबहादुर खड्काले कार्यदलले बनाइरहेको न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र सरकारका मन्त्रीहरूको आचारसंहिताको ड्राफ्टको बिषयमा शीर्ष नेताहरुलाई जानकारी गराउनुभएको समेत निजी सचिव देउवाले जानकारी दिनुभयो ।

सोमबार नै कार्यदलको बैठक बसेको थियो । कार्यदलले न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र सरकारका मन्त्रीहरूको आचारसंहिता विषयमा दस्तावेज निर्माण गरिरहेको छ । कार्यदलमा सत्तारुढ गठबन्धनका तर्फबाट कांगेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नेता डा। मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.