गुडिरहेको जिपमा पहिरोसहितको ढुङ्गा खस्दा सहचालकको मृत्यु, चालक घाइते

पाल्पा- सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ का २३ वर्षीय आशिष खाँड रहेका छन् । जिपका सह-चालक खाँडको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका स्याङजाबाट बुटवलतर्फ जादै गरेको लु २ च ७३८७ नम्बरको जिप तिनाउ गाउँपालिका वडा नं. ३, रामापिथेकस नजिकै खसेको पहिरोमा परि स्याङ्जाको चापाकोट नगरपालिका-५ का चालक डिलु थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

ढुङ्गासहितको पहिरो खसेपछि उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पहिरोसहितको ढुङ्गा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड स्थानीय र प्रहरीको सहयोगमा एकतर्फी सुचारु भएको पनि प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.