जंगली बँदेलका लागि छोडेको करेन्ट लागेर दाजुभाईको मृत्यु

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई दाजुभाईको मृत्यु भएको छ ।

गएराती साढे १० बजे तिर मकैबारीमा गएका बेला करेन्ट लागेर सुर्नया गाउँपालिका-५ का अजब चन्दका छोरा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

जंगली बँदेलले मकैबारी नष्ट गर्न थालेपछि मैकैबारीमा छोडिएको तारबाट उनिहरुलाई करेन्ट लागेको ओझाले बताउनुभयो । घटनास्थलमा रातीनै प्रहरी टोलि पुगेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.