प्युठानमा चितुवाको छालासहित ३ जना पक्राउ

प्युठान- प्युठान नगरपालिका वडा नम्बर ८ बाग्दुलाबाट चितुवाको छालासहित ३ जना पक्राउ परेका छन ।

प्युठान जिल्लाको बाग्दुलास्थित एक होटलमा चितुवाको छालाको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले बुधबार राति चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्युठान झिमरुक गा.पा १ बस्ने २९ बर्षीय अबिनास पुन ,सरुमारानी गा.पा १ बस्ने ३२ बर्षीय छबिलाल परियार र दाङको राजपुर गा.पा. १ बस्ने २८ बर्षीय ईन्द्रबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरिक्षक देबिप्रसाद गैरेले जानकारी दिनुभयो ।

पक्राउ परेका ब्याक्तिहरुको साथबाट ६ फिट ६ इन्च लामो एक थान चितुवाको छाला बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई आबश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय प्युठानमा बुझाइएको छ ।

लुम्बिनी प्रदेश अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.