तुइन कै भरमा वारपार गर्न बाध्य कर्णालीबासी भन्छन – तुइन विस्थापन त ‘गफ’ मात्र

हुम्ला- मुगु र हुम्ला  जिल्ला जोड्ने लिंक रोड निर्माण गरेपनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डीएफआईडीले ट्रयाक खोल्ने काम सम्पन्न गरेपनि हुम्ला चंखेली गाउँपालिकाको कर्णाली नदीमा पुल निर्माण कार्यमा ढिलाइ भएको हो ।

ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डीएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । सडक निर्माण भएपनि कर्णाली नदीमा पुल नहुँदा स्थानीय तुइनबाट आवतजावत गर्न बााध्य छन ।

कर्णाली नदीमा पुल नभएपछि घट्टाचौर स्थानीय सुरजन शाहीले व्यत्तिगत लगानीबाट तुइन निर्माण गरेको जानकारी दिनुभयो । पुल निर्माण नहुँदा ३ लाख लगानीमा तुइन बनाइएको शाहीले बताउनुभयो ।

तुइन विस्थापित गरेर पुल बनाउने घोषणा त गफमा मात्र सिमित भएको स्थानीयको गुनासव छ । तुइनबाट सामान वारपार गर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कधन तामाङले बताउनुभयो । कर्णाली नदीमा पुल निर्माण नहुँदा सामान वारपार गर्न समस्या भएको स्थानीयहरूले बताएका छन ।

दुई जिल्ला जोड्ने लिंक रोड निर्माण पश्चात ग्रामिण भेगका नागरिकहरुलाई आवत–जावत गर्न सहज चाहिँ भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.