देउवा सरकारको एक महिना पूरा

काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएको आज १ महिना पूरा भएको छ । यो अवधिमा सरकारले खोप व्यवस्थापन, आर्थिक यथार्थ वस्तुस्थिति सार्वजनिक गर्ने लगायतका महत्वपूर्ण कामहरु शुरु गरेको छ । खासगरी एक महिनाको छोटो अवधिमा कोरोना विरुद्धको खोप आयात गरी खोपको उपलब्धतालाई सहज बनाइएको छ ।

हालसम्म कूल जनसङ्ख्याको १५ प्रतिशत जनताले खोप लगाइ सकेका तथ्याङ्क सरकारको छ । आगामी असोजसम्ममा एक तिहाइ जनतालाइ खोप लगाइसक्ने र यो वर्षको चैत भित्रमा सवै नेपालीलाई खोप लगाइ सक्ने योजना सरकारको छ । खोप व्यवस्थापन सहज गराउन खोप केन्द्रको विस्तार भएको छ भने खोप लगाउने कार्यलाई थप बढाउने तयारी गरिएको छ ।

यसै अवधिमा देशको समग्र अर्थतन्त्रको यथार्थ चित्रण श्वेतपत्र जारी गरिएको छ भने अध्यादेशको बजेटलाई प्रतिस्थापन गरी नयाँ बजेट ल्याउने तयारी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिलाई पनि यस अवधिमा गरिएको महत्वपूर्ण कदमको रुपमा लिइएको छ । विभिन्न दलहरुको समर्थनमा वनेको वर्तमान सरकारले सरकारको काम र लक्ष्यलाई अघि बढाउन गठवन्धन दलहरुको सरकार सञ्चालन गर्न न्यूनतम साझा कार्यक्रम जारी गरेको छ ।

यसै साझा कार्यक्रमको माध्यमबाट प्राथमिकताका आधारमा सरकारले आफ्ना गतिलाई अघि बढाउँदै छ । तर सरकार गठन भएको १ महिना पुगिसक्दा पनि मन्त्रिपरिषदलाइ पूर्णता दिन भने सकेको छैन । जसले गर्दा कतिपय कामहरु सहज रुपमा गर्न कठिन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.