विश्व बैंकले थप ४० लाख मात्रा खोप उपलब्ध गराउँदै

काठमाडौं– विश्व बैंकले नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तीहरु लक्षित गरी ४० लाख मात्रा कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

विश्व बैंकले कोभ्याक्स कार्यक्रम अन्तर्गत ४० लाख मात्रा खोप उपलब्ध गराउन खोप सम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता भएको जानकारी दिएको छ । उक्त खोप फागुनबाट लगाउन सुरु गरिने छ ।

कोभ्याक्स सम्झौता अनुसार गेभिसँग सम्झौता पूरा गर्ने नेपाल विश्वको दोस्रो मुलुक हो। विश्व बैंकले नेपाल सरकारलाई महामारीविरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ । जसमा कोभिड–१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि छ करोड ७५ लाख डलर विनियोजन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.