प्रदेश नम्बर २ का प्रदेश प्रमुखको शपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त हुनुभएका हरिशंकर मिश्रलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिक प्रदेश प्रमुख मिश्रलाई शपथ ग्रहण गराउनुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।

यसअघि साउन ३२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय एवं प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । त्यसअघि राष्ट्रपतिले सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.