अलग पार्टी बनाए पनि एकताको ढोका खुला रहन्छः माधव नेपाल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अलग पार्टी बनाए पनि पार्टी एकताको ढोका खुला रहने बताउनुभएको छ ।

जनसंगठनका नेताहरुलाई मंगलबार साँझ भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती महसुस गरे फेरि एकता हुने बताउनुभयो । ‘उहाँले गल्ती स्वीकार गर्नुभयो भने जुनसुकै बेला एकता हुन सक्छ,’ नेपालले भन्नुभयो, ‘पछि चुनावमा कार्यगत एकता पनि हुन सक्छ ।’

नेता नेपालले आफूहरुले इमान्दारितापूर्वक एकताको पक्षमा काम गरे पनि ओलीले स्वीकार नगरेको दाबी गर्नुभयो । उहाँले ओलीको एकांकी व्यवहारकै कारण पार्टी फुटको अवस्थामा पुगेको बताउनुभयो ।

नेता नेपालले नयाँ पार्टी निर्माणको औपचारिक घोषणा नगरे पनि उत्साहका साथ वडा वडासम्म संगठन विस्तार गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.