एमाले स्थायी कमिटी बैठक बोलाइयो, असन्तुष्ट नेताहरु पनि सहभागी हुने दाबी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार स्थायी कमिटी बैठक बोलाउनुभएको छ ।

प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ ।

ज्ञवालीका अनुसार स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसँगै असन्तुष्ट समूहमा रहनुभएका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरू पनि सहभागी हुनु हुनेछ ।

रावलको नेतृत्वमा असन्तुष्ट नेताहरुले सोमबार अध्यक्ष ओली निवास बालकोटमा छलफल गर्नुभएको थियो ।

नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.