नेकपा एकीकृत समाजवादीको बैठक जारी, अन्तरिम विधान पारित

काठमाडौं– प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको आवासीय बैठक काठमाडौंको चन्द्रागिरीमा आजपनि जारी छ । बैठकले पार्टीको अन्तरिम विधान पारित गरेको छ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । बैठकमा प्रस्तुत विधानमा अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुने उल्लेख गरिएको छ । पदाधिकारी सहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य रहने व्यस्था विधानमा गरिएको छ ।

केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु भने राष्ट्रिय परिषदबाट चुन्ने प्रस्तावित विधानमा उल्लेख गरिएको छ । हरेक ५ वर्षमा हुने महाधिवेशन हुने र त्यसबाट राष्ट्रिय परिषद्का सदस्यहरु चुनिने व्यवस्था अन्तरिम विधानमा गरिएको छ । केन्द्रीय नेता तथा सांसदहरु सहभागी सो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पार्टी एकताका लागि अघि सारिएको १० बुँदे सहमतिको कार्यान्वयनका वारेमा समेत स्पष्ट धारणा राख्नु भएको बताइएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक सञ्जाल मार्फत गर्नु भएको अपिलमा पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उल्लेख गर्नु भएको छ । ‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा यस प्रकारका छलकपटपूर्ण समाचारको भ्रममा नपरी नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन उहाँले सबैमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.