१० बुँदे सहमति कार्यान्वयन गर्ने एमालेको निर्णय, आगामी मंसिरमा महाधिवेशन

काठमाडौं- नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटीको मंगलबार बसेको बैठकले आन्तरिक एकताका लागि दुई महिनाअघि भएको सहमति कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा माधवकुमार नेपाल समूहमा रहनुभएका असन्तुष्ट नेताहरु पनि सहभागी हुनुभएको थियो ।

एमालेले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो । १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।

एमालेले आगामी मंसिर १०–१२ सम्म काठमाडौंमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । विधान महाधिवेशन भने असोज ४, ५ र ६ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.