निर्वाचन आयोगमा केन्द्रीय सदस्य र सांसदहरुको सनाखत

काठमाडौं- निर्वाचन आयोगले दल दर्ता सनाखत गरिरहेको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु बिहान ११ बजे नै चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सामूहिकरुपमा नै आयोग पुग्नुभएको छ । एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदलाई सनाखतका लागि आज साढे ११ देखि २ बजेसम्मको समय तोकिएको थियो ।

सनाखतका लागि केन्द्रीय सदस्यहरुले नागरिकताको प्रमाण पत्र र सांसदहरुले संसद सचिवालयको परिचय पत्र अनिवार्य गरिएको छ ।

दुवै दलका केन्द्रीय सदस्य तथा सांसदका लागि अलग-अलग हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । आयोग सचिवालयका अधिकारीहरुको रोहवरमा सनाखत गरिने र यसको प्रतिवेदन आयोग समक्ष आजै बुझाइने जानकारी प्रवक्ता राजकुमार श्रेष्ठले दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.