अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्छुः अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अनुकूल समयमा पार्टी नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको छ ।

स्थायी कमिटीको निर्णय सार्वजनिक गर्न बुधबार ललितपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफू निर्विकल्प नभएको बताउँदै महाधिवेशन वा अनुकूल समयमा नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारले एमाले फुटाउने उद्देश्यले मात्रै अध्यादेश ल्याएको बताउँदै कांग्रेसजस्तो लोकतान्त्रिक दलले समीक्षा गर्नुपर्ने बताउनुभयो ।

ओलीले माधव नेपाललाई नयाँ पार्टी निर्माण छाडेर मूलधारमा आउन अपिल गर्नुभयो ।

सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले निर्वाचन आयोगलाई पनि कानूनी व्यवस्था र मूल्य मान्यतालाई आत्मसात् गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.