अमेरिकाद्धारा अफगानिस्तानमा हवाई उद्दार तीव्र, एकै दिन १९ हजार बाहिरिए

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अफगानिस्तानमा जारी अमेरिका नियन्त्रित हवाई उद्दार आगामी अगस्ट ३१ मा सकिएपछि पनि तालिवानले विदेशी तथा अफगानी नागरिकलाई अफगानिस्तान छोड्न दिने प्रतिवद्धता जनाएको बताउनु भएको छ ।

विदेशमन्त्री ब्लिङ्केनले वासिङ्टन र सहयोगीसँग तालिवानहरु आफैंले गरेको प्रतिवद्धतामा कत्तिको जिम्मेवार छ हेर्नुपर्ने बताउनु भएको छ ।

अफगानिस्तानमा जारी हवाई उद्दार तोकिएकै मितिमा पूरा गर्न अमेरिका प्रयासरत रहेको विदेशमन्त्री ब्लिङ्केनले बताउनु भयो ।

अझै पनि काबुल विमानस्थल भित्र र बाहिर हजारौं नागरिकहरु उडानको पर्खाइमा रहेका छन् । तालिवानले सत्ता कब्जा गरेको १० दिनको अवधिमा अफगानिस्तानबाट ८२ हजारभन्दा बढीलाई उद्दार गरिसकिएको छ ।

अमेरिकाले पछिल्लो २४ घन्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्दार गरेको छ । वेलायत र अन्य देशहरु पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिकका साथै आफूसँग काम गर्ने अफगानी कर्मचारीको उद्दार गरिरहेका छन् । बेलायतले हिजो मात्रै १२ सय जनाको काबुलबाट उद्दार गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.