नेपाल कानुन आयाेगका अध्यक्षमा जागेश्वर सिंह सुवेदी नियुक्त

काठमाडौँ- सरकारले नेपाल कानुन आयाेगका अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सिंह सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंह नियुक्त हुनुभएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिनुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.