‘तालिवान चीनसँग सम्बन्ध सुधार चाहन्छ’

काबुल– अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ ।

तालिवानका प्रवक्ता जविदुल्लाह मुजाहिदले चीनसँग आर्थिक र राजनीतिक सम्बन्ध सुदृढ बनाएर अघि बढ्ने चाहना तालिवानको रहेको बताएका हुन् । चीनको ग्लोबल टेलिभिजन नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा तालिवान प्रवक्ताले चीनसँगको सम्बन्ध सुधार गर्दै आपसी सहयोग आदान प्रदान गर्न तालिवान इच्छुक रहेको बताएका छन् ।

यसैगरी अफगानस्तानको राष्ट्रिय टेलिभिजनबाट दिएको सन्देशमा तालिवान नेताले अफगानस्तानमा विदेशी सहयोग र लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.