नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौँ- नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

उच्च मनोबलका साथ नेपाली टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे मैदानमा उत्रिँदैछ ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा २-१ गोलले विजयी भएको नेपाल आज पनि जित दोहोर्‍याउने दाउमा रहने छ ।

उता बंगलादेश पनि खेल जितेर नतिजा बराबरी बनाउने रणनीतिका साथ मैदानमा उत्रिंदैछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप-२०२२ छनोटको तयारीका लागि नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.