एक साताभित्र सरकारले पूर्णता पाउँछः नेपाल

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

मिनभवनमा नेकपा (एस)को केन्द्रीय कार्यालय उदघाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफ्नो पार्टी सरकारमा सहभागी हुन तयारी अवस्थामा बसेको बताउनुभयो । ‘आशा गरौं, यो हप्ताभित्र हुने छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताउनुभयो ।

एमालेबाट अलग्गिएर बनेको नेकपा (एस)ले मीनभवन, आलोकनगर, काठमाडौं (भिएस निकेतन स्कुलको पुरानो भवनको छेउबाट बागमती कोरिडोरतर्फ) पार्टी कार्यालय खोलेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.