नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दा ‘हेर्दा हेर्दैमा’

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दा ‘हेर्दा हेर्दै’ सूचिमा राखेको छ । आज न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चूडालको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसनामार्फत गत भदौ १७ गते तीनवटा रिट दर्ता गर्नुभएको थियो । अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्नुभएको हो ।
रिटमा सभामुख सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.