विनियोजन विधेयक राष्ट्रिय सभामा, विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं- राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गर्नुभएको थियो ।

बैठकमा नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाउनुभयो । उहाँले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएकोमा आपत्तिसमेत जनाउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.