अबरुद्ध पृथ्वी राजमार्ग सुचारु
चितवन- चितवनको इच्छाकामनामा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्गमा अहिले याताायत सुचारु भएको छ ।
इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो ।
अहिले पहिरो पन्छाउने काम सकिएपछि जाममा परेका सवारी साधन खुलेका छन ।।
प्रतिक्रिया राख्नुहोस्