आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौँ- संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको छुट्टाछुट्टै बैठक आज दिउँसो २ बजे बस्दै कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा बैठकबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको सचिवालयद्वारा कार्यसूचीमा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.