नेकपा (एस)का पदाधिकारी चयन, भूसाल महासचिव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पदाधिकारी चयन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रथम केन्द्रीय कमिटीको बैठकले सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो । वरिष्ठ नेतामा झलनाथ खनाल र पार्टीको तेस्रो वरियतामा मुकुन्द न्यौपाने चयन हुनु भएको छ ।

उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राई चयन हुनुभएको छ । महासचिवमा डा.बेदुराम भूसाल, उपमहासचिवमा प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, र डा.विजय पौडेल तथा सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन हुनुभयो ।

३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिट्व्युरो र केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) ३०१ सदस्यीय गठन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.