राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक-२०७८’ पारित

काठमाडौँ- राष्ट्रिय सभाबाट विनियोजन विधेयक-२०७८ पारित भएको छ ।

नेकपा एमालेका सांसदहरुले विरोध गरेपनि बैठकबाट बहुमतले विधेयक पारित भएको हो ।

एमालेले आफ्ना माग पुरा नभएको भन्दै संसदका दुबै सदनका बैठकहरुमा विरोध जनाउँदै आएको छ । प्रतिनिधि सभाबाट सो विधेयक यसअघीनै पारित भएको थियो । पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक असोज ८ गते शुक्रबार ११ बजे बस्ने  कार्यक्रम छ ।

यसैगरी, आजै बसेको प्रतिनिधि सभाको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गरेको छ । सभाको बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुखले सांसदहरुलाई आआफ्नो ठाउँमा बस्न आग्रह गरेपनि सांसदहरुले नाराबाजी जारी राखेपछि बैठकको काम कारवाही अगाडि बढेको थियो ।

बैठकमा अर्थमन्त्री जर्नादन शर्माले ती दुबै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.