सरकारी सञ्चार माध्यमले सरकारको आलोचना गर्ने हिम्मत गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी सञ्चार माध्यमले सरकारको आलोचना गर्ने हिम्मत गर्नुपर्ने बताउनुभएको छ ।

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई बिहीबार नेपाल टेलिभिजन परिसर सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तथ्य तथ्यामा आधारित भएर सरकारको आलोचना गरे स्वागत गर्ने बताउनुभयो । ‘सरकारी सञ्चार माध्यमले सरकारको आलोचना गर्दैनन् भन्ने आक्षेप छ,’ उहाँले भन्नुभयो, ‘त्यसबाट मुक्त हुनुपर्छ ।’

सरकार सूचनाको हक र स्वतन्त्र पत्रकारितामा प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले सम्पादकीय स्वतन्त्रता उपयोग गर्न र व्यावसायिक पत्रकारिता गर्न हौसला प्रदान गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङ, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, महासंघ प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमाल, पूर्वअध्यक्ष शालिक सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रधानमन्त्रीले यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट वासुदेव बर्मालाई पुरस्कृत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.