त्रिशुली नदीमा कार खस्दा तीनजना वेपत्ता

चितवन- काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दिखोलामा गएराति १२:३० बजे दुर्घटना हुँदा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

कार त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

घटनामा उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ‌।

दुर्घटनामा बेपत्ता भएकाहरूमा पोखरा महानगरपालिका वडा नं ७ कै अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, ५५/६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.