कुख्यात खाग तस्कर नाङ्गे तामाङ्ग जेल चलान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले फेरि अर्का कुख्यात फरार प्रतिवादी पक्राउ गरि जेल चलान गर्न सफल भएको छ ।

जेल चलान हुनेमा मुगु जिल्ला साविक मुगु गा.वि.स. वडा न ९ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने वर्ष ५९ नाङ्गे तामाङ्ग लामा रहेको निुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको अनुरोधमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले गत भदौ २३ गते पक्राउ गरी निकुञ्ज कार्यालयमा बुझाएको थियो ।

निज तामाङ्गमाथि अनुसन्धान गरी जिल्ला अदालत नवलपुर पेश गरिएकोमा यहि असोज ५ गतेको आदेशानुसार पुर्पक्षको लागि जिल्ला कारागार कार्यालय भरतपुर जेल चलान भएका छन् ।

तामाङ्गलाई यसअघि समेत यस कार्यालयले २०७७ फागुन १८ गते चितवन जिल्ला अदालतमा संरक्षित वन्यजन्तु गैडा चोरीशिकार गरेको अभियोगमा मुद्धा दायर गरेको थियो ।

निजको गैडाको खाग तिब्बती व्यापारीलाई ओसारपसार गराउने कार्यमा प्रत्यक्ष संलग्नतासमेत पाईएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । यो समेत निकुञ्जले चालु आ.व.मा २०७७।७८ मा ७ जना पूर्पक्षको लागि थुनामा पठाईसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.