ब्रिटिस काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग

काठमाडौं– ए–लेभलका विद्यार्थीहरुले ब्रिटिस काउन्सिलले २ महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले कोरोना भाइरसको त्रास र नजिकिदै गरेको चाडवाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रुपमा परीक्षा लिने हो भने ब्रिटिस काउन्सिल वा सरकारले विद्यार्थीहरुको जिम्मेवारी लिनुपर्ने बताउन’भयो । उहाँले भन्नुभयो, ‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिश काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो ।’ कोरोना भाइरसको डर र नजिकिँदै गरेको चाडबाडको कारण पनि भौतिक रुपमा परीक्षा दिन सहज नहुने उनको भनाई थियो ।

कार्यक्रममा ए–लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिस काउन्सिलले चासो नदिएको आरोप लगाउनुभयो ।

अर्का विद्यार्थी दिपेश बास्कोटाले कार्यक्रममा विद्यार्थीहरुलाई कोरोना खोपको व्यवस्था नभएकोले भौतिक परीक्षा रोक्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.