रुपन्देहीमा लागुऔषधसहित ६ जना पक्राउ

रुपन्देही- लागुऔषधसहित रुपन्देहीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज नौतहवाका २२ वर्षीय तारकेश्वर हरिजन, मायादेवी गाउँपालिका–३ का २९ वर्षीय बालमुकुन्द हरिजन र सप्तरी कञ्चनरुप नगरपालिका–१० का २१ वर्षीय रविन्द्रकुमार रावत रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले १० ग्राम ब्राउन सुगर बरामद गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए। सिद्धार्थनगर नगरपालिका–६ स्थित महावीरपथबाट प्रहरीले बा३प २७३९ र लु३१प २६१२ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले लागुऔषधसहित रोहिणी गाउँपालिका–५ मझौनी चोकबाट लु ४ प ११३४ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालका–१६ का १९ वर्षीय इस्लाम चुरिहार र मोटरसाइकल पछाडि सवार २० वर्षीय आलमगरी चुरिहारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उनीहरूको साथबाट डाइजेपाम ३०२ सिसी, नुफिम ३०० सिसी र फेनोरागन ३०० सिसी बरामद भएको छ ।

यस्तै, मायादेवी गाउँपालिका–५ मा लु ४४ प ५८६० नम्बरको मोटरसाइकलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विनरोफ नामक २९ बोतल लागुऔषधसहित मायादेवी–६ का ३४ वर्षीय नन्दलाल मल्लाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको सो कार्यालयले जनाएको छ । लागुऔषधविरुद्धको कारबाहीमा गत वैशाखयता प्रहरीले रुपन्देहीबाट ६१ पुरुष र पाँच महिलालाई पक्राउ गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.