दुई दिनभित्र सरकारको पूर्णता : रमेश लेखक

काठमाडौं- प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले दुई दिनभित्र सरकारले पूर्णता पाउनुभएको छ ।

सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वभाविक भएको भन्दै अब एक-दुई दिनभित्रै सरकारले पूर्णता पाउने लेखकको भनाइ छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पार्नुभयो । अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने उनको दाबी छ ।

लेखकले सरकार गठन भएको सय दिनसम्म सरकारका बारेमा खासै टिप्पणी नगर्ने प्रचलन रहेको सुनाउनुभयो । ‘प्रधानमन्त्री निर्वाचित भएको सय दिनसम्म टिप्पणी गरि नहाल्ने चलन छ,’ उहाँको भनाइ छ, ‘टिप्पणी गर्नु त्यति वाञ्छनीय हुँदैन् । यो सरकार गठन भैसकेपछि सरकार कसरी अघि बढिरहेको छ ? भन्नु भन्दापनि पहिले, यो सरकार मुलुकको विशेष राजनीतिक परिस्थितिमा गठन भएको हो । कांग्रेसले सरकारको नेतृत्व मुलुकको विशेष परिस्थितिमा लिएको छ ।’

नेता लेखकले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी १४औं महाधिवेशनको पूर्व सन्ध्याामा छौं । महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ । क्रियाशिल सदस्यताको विवाद छैन् । ६९ जिल्लाको क्रियाशिल सदस्यताको काम कुरा सम्पन्न भइसकेको छ । अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ । ८ वटा जिल्लाको क्रियाशील सदस्यताको काम गर्नुपर्ने निर्णय भइसकेका छन् । निर्णयबमोजिम कार्यसम्पादन गर्नुपर्ने केही काम बाँकी छन् । आज/भोलिमा यी काम सम्पन्न हुनेछ । क्रियाशिल सदस्यताको अन्तिम नामावली प्रकाशन हुन्छ र निर्वाचन समितिले पनि यसलाई प्रकाशित गर्छ ।’ दसैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.