११५८ संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ११५८ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

११६७२ जनाको आरटी/पीसीआर र २३३१ जनाको एन्टीजेन गरी १४ हजार ३ जनाको नमूना परीक्षण गर्दा ११५८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ३ सय १८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.