सौराहामा आन्तरिक पर्यटकलाई लक्षित गर्दै छुटैछुटका अफर

चितवन- सौराहाका व्यवसायीहरुले नेपाली पर्यटक लक्षित छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गर्ने अभियान थालेका छन् ।

कोभिड-१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन आन्तरिक पर्यटकहरु लक्षित गर्दै छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गर्ने अभियान थालेका हुन् ।

सौराहामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्दै छुटको अभियान सुरु गरिएको क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

होटल जंगल क्राउनले फेष्टिभ, हनिमुन र एनिर्भसरी छुट प्याकेज सार्वजनिक गरेको छ भने क्राउनले छठ पर्वसम्म एक रात, दुई दिनका लागि परिवारका लागि छुट अफर ल्याएको छ ।

२०७६ सालको चैतमा लकडाउन घोषणा गरिएसँगै थला परेको पर्यटन केही महिना चहलपहल भए पनि फेरि दोश्रो लहरका कारण पुनः लकडाउन हुँदा २०७८ सालको सुरुआत देखि ठप्प थियो । अहिले फेरि यहाँ ६ महिनापछि लकडाउन हटेसगैँ व्यवसायीहरुले अफरलाई जारी राखेका हुन् ।

एउटा परिवारले ७ हजार ५ सय तिरेपछि खाना र खाजा सहित एउटा डिलक्स रुम पाउनेछन् । हनिमुन तथा एनिर्भसरी मनाउन चाहनेलाई ९ हजार रुपैयाँमा सुपर डिलक्स रुम रहेका भिल्ला उपलब्ध गराइने छ ।

खाजा, खाना सहित भोलिपल्ट दिउसो ३ बजेसम्म भिल्लामा बस्न पाउने छन् । कोठा सजावट, केक, वाइन लगायतका सुविधा पनि पाउनेछन् ।

यस्तै होटल जंगल भिष्टा र होटल भिष्टा चितवन सौराहाले पनि प्रति व्यक्ति ५५ सय रुपैयाँको दुईरातसहितको दशै तिहार अफर ल्याएको छ । जस अन्तर्गत प्रति व्यक्ति दुई रात बसाई हात्ती सफारी, बारविक्यू थारु कल्चर र हात्ती प्रजनन केन्द्र घुम्न सकिनेछ ।

होटल भिष्टा चितवनका प्रबन्ध निर्देश रमेश सिलवालका अनुसार जैविक विविधताले भरिपूर्ण, पर्यटकीय हब सौराहामा मनको चिन्ता हटाउदै आनन्द पूर्ण वातावरण दिन समेत छुट अफरले थप मद्दत पुग्नेछ ।

यस्तै जङ्गल सफारी लजका सञ्चालकले दशैँ–तिहार लक्षित गर्दै ‘पे नाउ, गो लेटर’ प्याकेजसगैँ दुई रात तीन दिनको सो प्याकेजमा घोषण गरेका थिए ।

दुई रात प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने सञ्चालक समुन घिमिरे जानकारी दिनुभयो । सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.