मुस्लिम आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन

काठमाडौं– मुस्लिम आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको कार्यक्रममा प्रतिवेदन बुझाउनुभएको हो । संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन नियमितरुपमा राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रमाम आयोगका अध्यक्ष अन्सारीले मानव विकास सूचकांकमा सबैभन्दा कमजोर अवस्थामा रहेको मुस्लिम समूदाय तथा व्यक्तिहरुको उत्थान एवम् विकासका लागि आयोगले सीप विकास तालिम र रोजगारमुलक लक्षित कार्यक्रम, शिक्षा तथा सार्वजनिक क्षेत्रको रोजगारीमा आरक्षण, मातृभाषको संरक्षण र सम्बर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । आयोगले मुस्लिम समूदायको शव राख्ने कव्रिस्तान, मस्जिदहरुको जग्गा अतिक्रमण हुनबाट रोक्का लागि काम गरेको अन्सारीले बताउनुभयो ।

आयोगले उपत्यकासहित मुस्लिम बाहुल्य १० जिल्लामा मदरसा शिक्षा, स्वास्थ्य तथा हिंसा सम्बन्धी विषय सचेतना कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी गराउनुभयो । जनगणना २०७८ का अवसरमा चेतना अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गरेको, कोभिड १९ बाट मृत्यु हुने मुस्लिम समूदायका व्यक्तिहरुको शव व्यवस्थापनका लागि दक्षिणकाली नगरपालिकामा वैकल्पिक कव्रिस्तान निर्माण गर्न सुझाव दिएको जानकारी दिनुभयो ।

आयोगले कर्मचारी अभाव, स्रोत साधनलगायतका कारण निर्दिष्ट कार्यहरु गर्न नसकेको सो अवसरमा जानकारी गराएको छ ।

यसैबीच मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले पनि बुधबार नै राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष अन्सारीले व्यक्त गर्नुभएका विचार

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.