महालक्ष्मी नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा दिन सुरु

ललितपुर- महालक्ष्मी नगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।

३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बिहीबार नगर प्रमुख रामेश्वर श्रेष्ठले ‘ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम’ सुरुवात गर्नुभएको छ ।

नगरपालिकाले अबदेखि ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुका लागि प्रत्येक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गर्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

महालक्ष्मी नगरपालिका ललितपुरको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बमोजिम ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सुरु गर्ने घोषणा गरेको थियो । श्रेष्ठले ज्येष्ठ नागरिक समाजको आदरणीय अङ्ग हुनुभएकाले उहाँहरूप्रति सधै सबैले उच्च सम्मान प्रकट गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरका सबै ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्दै कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुका साथै उहाँहरूको दिर्घायु र सुस्वास्थ्यको कामना गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.