नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं- नेकपा एमालेको विधान अधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । नेकपा एमालेको पार्टी विधान र सांगठनिक संरचना तथा कार्यदिशा तय गर्ने सन्दर्भमा यस विधान महाधिवेशनलाई महत्वपूर्ण कदमको रुपमा लिइएको छ ।

पार्टी रुपान्तरण र विभाजनपछि पहिलो पटक आयोजना गरिएको विधान महाधिवेशनले पार्टीको सांगठनिक संरचना निर्माणको खाका, पार्टीको दर्शन र सिद्धान्त र मुख्य कार्यदिशाको व्याख्या गर्दै बिभिन्न प्रतिवेदनहरु पारित गर्ने कार्यक्रम छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको आज उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ । ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । महाअधिवेशनस्थल सजाएर चिटिक्क पारिएको छ ।

यसैवीच महाधिवेशन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विधान महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक राम बहादुर थापा बादलले महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान सम्बन्धी तीनवटै प्रतिवेदनमा बिस्तृत छलफल गरेर आवश्यक निर्णय गरिने जानकारी दिनुभयो । महाधिवेशनमा करिब ६ हजार जना सहभागी हुने छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.