एमालेको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा, विधान महाधिवेशन सकियो

काठमाडौं– १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दै नेकपा एमालेको प्रथम विधान महाधिवेशन सकिएको छ ।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गर्नुभयो ।

एमालेले यस अघि नै मंसिर १० देखि १२ गते सम्म राष्ट्रिय अधिवेशन मिति तय गरिसकेको छ ।

त्यसअघि महाधिवेशनमा प्रस्तुत तीनवटै प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव संसोधन सहित पारित गरेको हो ।

विधान महाधिवेशनको अन्तिम दिन आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि आएका सुझावको जवाफ दिने क्रममा अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीका सबै संगठनलाई आगामी निर्वाचनमा लाग्न आग्रह गर्नु भएको छ । तीनै तहका निर्वाचनमा बहुमत ल्याउने गरी एकतावद्ध भएर तयारी थाल्न पार्टी फुटको क्षतिपूर्ति लिने गरी निर्वाचन अभियानमा लाग्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह छ।

शुक्रबारदेखि आज सम्म चलेको पार्टीको पहिलो विधान महाधिवेशनबाट एमालेले छिट्टै नै जिल्ला अधिवेशन प्राराम्भ गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.