इटालीमा विमान दुर्घटना, ८ जनाको मृत्यु

उत्तरी इटालीको मिलान शहरमा रहेको एउटा खाली कार्यालय भवनमा उडिरहेको विमान खसेर दुर्घटना हुँदा विमानसमा सबार आठै जनाको मृत्यु भएको छ ।

निजी क्षेत्रको सो विमानमा सबार सबैको मृत्यु भएको बताइएको छ । सार्डिनिया टापुसँग आवद्ध सो विमान लिनेट विमास्थलबाट उडान भरेको केही समयमा नै तल खसेको बताइएको छ ।

विमानका चालक रोमानियाली अर्वपति ६८ वर्षीय डेन पेट्रस्कु रहेको बताइएको छ । चालकका साथ उहाँ श्रीमती र छोरा समेत विमानमा सवार रहेको इटालियन संचार माध्यमहरुले जनाएका छन् ।

खाली कार्यालय र कयौं कारहरु पार्क भएको स्थानमा विमान खसेको थियो । तर जमिनमा रहेका कसैको पनि दुर्घटनामा परी मृत्यु नभएको बताइएको छ । विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यस विषयमा छानविन गरिने बताइएको छ । केही प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि नै एउटा इन्जिनमा आगो लागेको थियो । साथै ठूलो आवाज सहित विमान विष्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.