पछिल्लो २४ घण्टामा १ हजार ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३० जना कोरोना संक्रमित थपिएका छन् ।

५ हजार ८ सय ९३ पीसीआर परीक्षण गर्दा ८ सय १२ जना र ४ हजार ९ सय ८१ एन्टिजेन परीक्षण गर्दा २ सय १८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ६ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.