आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

खोटाङ- खोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ ।

झारफुक गर्न धामी झाँक्री कहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने÷पु¥याउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानले तालिम दिएको हो । झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ चिकित्सक कहाँ गएर उपचार गराउन आग्रह गर्न÷गराउन तालिमको आयोजना गरिएको सङ्घका अध्यक्ष इन्द्र कसजुले बताउनुभयो ।

“गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ । बिरामीको पहिलो सम्पर्क व्यक्ति धामी झाँक्री नै हो”, उहाँले भन्नुभयो, “बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाउन सहयोग गर्न धामी झाँक्रीलाई तालिम दिएका हौँ ।” दिक्तेलस्थित आँखा उचार केन्द्रमा आयोजना गरिएको सो तालिममा २८ तथा हलेसीमा ३५ धामी झाँक्री सहभागी थिए । आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सो तालिमको सहजीकरण गर्नुभएको थियो ।

कतिपय आँखाका बिरामी अस्पतालसम्म नआइपुग्ने र ज्योति गुमाउने गरेका कारण त्यस्ता बिरामीलाई अस्पतासम्म ल्याउन धामी झाँक्रीको सहयोग आवश्यक छ । जिल्लाका दश स्थानीय तहमा ४४ हजारभन्दा बढी आँखाका बिरामी रहेको सङ्घले जनाएको छ । तथ्याङ्कअनुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाबिन्दु, जलबिन्दु, खस्रेरोग, भिटामिन ए को कमी, रतन्धोलगायत समस्या उनीहरुमा देखिएको छ । विसं २०६८ को जनगणनाअनुसार खोटाङको कूल जनसङ्ख्या दुई लाख ६ हजार ३१२ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.