२४ घण्टामा १०४३ संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा १०४३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा १०४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

२४ घण्टामा ८९१ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १६१९४ जना रहेको छ ।

२४ घण्टामा उपत्यकामा ४४० जना संक्रमित भएका छन् ।

नेपालमा सक्रिय संक्रमण दर १८ दशमलव ८ प्रतिशत रहेको छ । मृत्यु प्रति दश लाखमा ३७७ दशमलव २ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.