मन्त्रिपरिषद् विस्तारः कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले नाम टुंग्याए

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्रीले आफू नेतृत्वको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी गर्नुभएको छ । शपथअघि प्रधानमन्त्रीले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।

नेपाली कांग्रेसबाट रक्षामा डा। मिनेन्द्र रिजाल, कानून, न्याय तथा संसदीय मामिलामा दिलेन्द्रप्रसाद बडु, महिला तथा बालबालिकामा उमा रेग्मी र खानेपानीमा उमाकान्त चौधरीको नाम तय भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने भएको छ ।

कांग्रेसबाट बालकृष्ण खाण गृह र डा. नारायण खड्का परराष्ट्र तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीले चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने भएको छ ।

जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा रेणुकुमारी यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रले यसअघि नै देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वरजंग गहतराजलाई मन्त्री बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ । माओवादीबाट हाल जनार्दन शर्मा अर्थ र पम्फा भूसाल ऊर्जा मन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.