क्यालिफोर्नियाको वन डढेलो झन् फैलियो

अमेरिकाको क्यालिफोर्नियामा लागेको वन डढेलो तीब्र हावाहुरीका कारण झन् फैलिएको छ ।

डढेलाले दुई वटा मोबाइल होम पार्कमा क्षति पुर्‍याउनुका साथै केही ट्रेलर गाडीहरुमा क्षति पुगेको छ । डढेलाका कारण जलेर एक जना घाइते भएको समाचार छ ।

डढेलाका कारण रुखहरु जल्नुका साथै तीब्र हावाहुरी सहितको कालोधुवाँका कारण वातावरण अँध्यारो भएको बताइएको छ । आगलागी नियन्त्रणका लागि हजारौं ग्राहकका घरहरुमा विद्युत कटौती गर्नु परेको अधिकारीहरुले बताएका छन् । डडेलोका कारण ३० वटा भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.