राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको पाठपूजा र दर्शन (फोटो फिचरसहित)

काभ्रे- राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ठमीको अवसरमा आज काभ्रेको पाँचखाल नगरपालिका ९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पाठ पूजा एवं दर्शन गर्नुभएको छ ।

राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी मन्दिर परिसरमा पुग्नुभएको हो । राष्ट्रपति भण्डारीलाई समितिका प्रतिनिधिहरुले मन्दिर पुनर्निर्माण र व्यवस्थापनका बारेमा जानकारी गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले दोस्रो पटक मन्दिरमा दर्शन गर्न आउनुभएको हो । करिब १५ मिनेटसम्म मन्दिर परिषदमा पाठ पूजा एवं दर्शन गर्नुभएको हो ।

मन्दिर १७ सय वर्ष पहिले परापूर्वक कालमा स्थापना भएको किम्बदन्ती रहेको छ । २०७२ वैशाखको विनासकारी भूकम्पले मन्दिर पूर्ण क्षति भएको थियो । हाल मन्दिरको पुरातत्व विभागबाट पुनःनिर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

पलाञ्चोक भगवतीको मन्दिर जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित छ । काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वतर्फ रहेको यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्वितीय मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.