चाडवाडमा परीक्षण घट्दा संक्रमित संख्या स्वाट्टै कमी

काठमाडौं– चाडवाडका कारण कोरोना भाइरस परीक्षण घट्दा संक्रमित संख्या स्वाट्टै कम भएको छ ।

गत २४ घण्टामा ५५९४ जनाको परीक्षण हुँदा ३६५ जना संक्रमित भएका छन् । कोभिड १९ को दोस्रो लहर सुरु भएपछि संक्रमण दर सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।

२४ घण्टामा ६०९ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ११ हजार २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.