२४ घण्टामा ४५५ जनामा संक्रमण पुष्टि, ८०४ जना डिस्चार्ज, ८ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ४५५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभर ६२१४ जनामा गरिएको नमूना परीक्षणमा ४५५ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ८०४ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोभिडबाट ११ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.