१७७३ जनाको परीक्षण गराउँदा १४७ जनामा संक्रमण

काठमाडौं- चाडपर्वका कारण कोरोना परीक्षण गराउने संख्या १७७३ जना रहँदा १४७ जनामा पोजिटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनाको पीसीआर गर्दा १३६ र ३२७ को एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त १४७ सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । त्यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जनामा कोरोना सङ्क्रण देखिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ छ । त्यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका र १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ मा दुई जनामा मात्रै पुष्टि
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो २१ जनामा सङ्क्रण देखिएको थियो ।

प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा २६ जनाको पिसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म पिसीआर र एन्टिजेन दुबै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.