काठमाडौंमा बढ्यो चहलपहल

काठमाडौं– दुई दिनयता सुनसान जस्तै बनेको काठमाडौं उपत्यकामा केही चहलपहल बढन थालेको छ ।

सडकमा सार्वजनिक सवारी साधनको संख्या न्यून रहेपनि निजी सवारी साधन भने विगतका दसैंको तुलानामा यस पटक बढी देखिए । भोलिदेखि कार्यालयहरु पनि खुल्ने भएकाले केही भने दसैं मानेर उपत्यका फर्कन सुरु गरेका छन् ।

कंलकी, कोटेश्वर लगायत काठमाडौं भित्रिने नाकाहरुमा दसैं मानेर कर्मथलो फर्किनेहरुको समान्य चहलपहल देखिएको छ । कोजाग्रत पूर्णिमासम्‍म टीका र जमरा लगाएर आफन्तहरुबाट आशिर्वाद लिने चलन रहेकाहरु भने मान्यजननको टिका थाप्न जान कतै सार्वजनिक सवारी कुरेको भेटिन्थ्यो ।

सडकमा न्यून मात्र गुडेका सार्वजनिक सवारी साधनमा भने भिडभाड पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.